






सहकारी जानकारी
संस्थाको पृष्ठभूमी
शिक्षकहरुको आफ्नै वित्तीय संस्थाबाट बचत र ऋणको कारोवार गर्ने जिल्लामा कुनै पनि संस्था नभएको अवस्थालाई मध्यनजर गर्दै वित्तीय सेवा पुर्याउने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सकृयतामा वि.संं २०६७ सालबाट यस शिक्षक हित साकोसको अनौपचारिक रुपमा कारोबार सुरु भएको थियो । यसलाई कानुनी रुपमा मान्यता दिन नयाँ नेपालको सङ्घीय संरचना अनुसार बाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित यस श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना वि.सं. २०६९ सालमा डिभिजन सहकारी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा १३० जना सदस्यहरुले दर्ता नं २०५२/६९/०७० हुने गरी दर्ता गरे पश्चात विधिवत स्थापना भएको हो । तत्कालिन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्री राधाकृष्ण श्रेष्ठको नेतृत्वमा स्थापना कालमा थुप्रै समस्याहरुसंग पौंठेजोरी खेल्दै निरन्तर सदस्य सेवामा समर्पित भईरहेको यस संस्थालाई विकासको यो चरणमा ल्याई पुर्याउन दोश्रो कार्यकालका अध्यक्ष श्री कृष्णप्रसाद सुवेदीको नेतृत्वमा रहेको समितिको महत्वपूर्ण योगदान रहेको छ र तेस्रो कार्यकाल श्री राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा अतुुलनीय योगदान रहदै हाल सञ्चालन भइरहेको छ ।
सिन्धुपाल्चोक जिल्लाका ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका यस संस्थाको कार्यक्षेत्र रहेको छ । यस जिल्लामा नेपाल सरकारको स्वीकृतिमा संचालित २२ बाल विकास केन्द्र, ३४१ आधारभूत तह र १३८ माध्यमिक सामुदायिक विद्यालयहरु गरी जम्मा ४७९ विद्यालयहरु रहेका छन् । त्यसैगरी जिल्लामा आधारभूत विद्यालय २५ वटा र माध्यमिक विद्यालय १२ वटा गरी जम्मा ३७ वटा संस्थागत विद्यालयहरु रहेका छन् । साथै बहुप्रविधिक शिक्षालय १ वटा रहेको छ । यसरी सबै तहका गरी जिल्ला भित्र नेपाल सरकारको तलब भत्ता खाने बाल विकास तहका ३५१, प्रा.वि. तहका १२५१ दरवन्दी र राहत ४५४ गरी १७०५ , नि.मा.वि. तर्फ दरवन्दी १५१ र राहत २६८ गरी जम्मा ४१९, मा.वि. तर्फ १४१ दरवन्दी र राहत २०१ गरी जम्मा ३४२ र उ.मा.वि. तर्फ ३६ दरवन्दी र अनुदान ७३ गरी जम्मा १०९ गरी कुल जम्मा २९२६ शिक्षकहरु कार्यरत छन् । त्यस्तै जिल्ला भित्र सामुदायिक र संस्थागत विद्यालयमा निजी श्रोतमा सबै तहका गरी करिब १२०० शिक्षकहरु कार्यरत रहेका छन् । ती सबै शिक्षकहरुको साझा बचत तथा ऋणको कारोवार गर्ने वित्तीय संस्थाको रुपमा स्थापित यस श्री शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि. ले हाल जिल्ला भित्रका २५० महिला शिक्षक र ४०८ जना पुरुष शिक्षक गरी जम्मा ६५८ शिक्षकहरुलाई वित्तीय सेवा दिदै आईरहेको छ ।
आधुनिक समयमा प्रविधिले धेरै विकास गरिसकेको परिप्रेक्ष्यमा यस संस्थालाई समयानुकल प्रतिस्पर्धी र सदस्यहरुको सेवालाई विस्तार गर्ने उद्देश्यले २०७२ साल चैत १२ गते १६ बुँदे भोटेचौर घोषणापत्र जारी गरी संस्था अगाडी बढीरहेकोमा आ.व.२०७७/७८ मा संस्थाले ४ वर्षलाई लक्षित गरी यस संस्था संचालनका लागि वर्तमान संस्थाका अध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठको विशेष पहलमा र संचालक समितिको निर्णय अनुसार पहिलो रणनैतिक योजना निर्माण गरिएको थियो भने हाल आ.व. २०८१/८२ देखी २०८४/०८५ सम्मलाई लक्षित गरी दोश्रो चार वर्षे रणनीतिक योजना तयार भएको छ ।
संस्थाको परिकल्पना‚ ध्येय र उद्देश्य
परिकल्पना (Vision)
“शिक्षक कर्मचारीको हितमा आधारित समृद्ध अग्रणी संस्था”
संस्थाको ध्येय (Mission)
सहकारी मूल्य, मान्यता र सिद्धान्तमा आधारित भई आर्थिक सक्षमता, व्यवसायिक प्रतिस्पर्धामार्फत सदस्यहरूलाई सर्वसुलभ र सुरक्षित वित्तीय तथा गैरवित्तीय सेवा प्रदान गर्ने ।
उद्देश्यहरु (Objectives)
- सदस्यहरूको आर्थिक, सामाजिक र सांस्कृतिक हितलाई ध्यानमा राखि देहायमा उल्लेख भए बमोजिम काम कार्यवाहि गर्नु ।
- संस्थामा संलग्न सदस्यहरू र शिक्षकहरू बिच स्वावलम्बन पारस्परिक सहयोग एवं मितव्ययिताको अभिवृद्धि गरि नियमित बचत गर्न प्रवर्धन गर्ने ।
- नियमित रूपमा सदस्यहरूबाट निक्षेप प्राप्त गर्नुका साथै उनिहरूले गरेका निक्षेपमा प्रर्तिपर्धात्मक दरमा व्याज दिने ।
- उत्पादनशील, आयमुलक, सीपमूलक उद्देश्यका लागि सदस्यहरूलाई उचित व्याजदरमा ऋण प्रदान गर्ने ।
- आत्मनिर्भरता तथा आत्मविश्वस सम्बन्धी धारणाबारे सदस्यालई उत्प्रेरित गर्ने ।
- सदस्यहरूलाई आय आर्जन क्षमतामा वृद्धि गर्नका लागि आवश्याक मदत र जानकारी उपलब्ध गर्ने ।
- सदस्यहरूको आर्थिक अवस्थामा सुधार गर्न सक्ने अन्य क्रियाकलाप सञ्चालन गर्ने ।
संस्थाको आ व २०८१।०८२ को अवस्था
२) शेयर पूंजी : आ.व. २०८१/०८२मा संस्थाको शेयर पुंजीमा १३.९०% प्रतिशतले वृद्धि भएको छ ।
३ ) वचत : आ.व. २०८१/०८२मा संस्थाको वचत संकलन २५. २७% प्रतिशतले वृद्धि भएको छ ।
४) वचत तथा शेयर लगानीः जिल्ला वचत तथा ऋण सहकारी संघमा रु ७९,२४२।८१, वागमती प्रदेश वचत तथा ऋण सहकारी संघमा रु. १,९०,१३५.२०, नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लि. मा रु. १,५१,०५९. २९ र बागमती प्रदेश सकारी संघ लि. मा रु. ५००० लगानी रहेको छ ।
५) ऋण लगानी:
आ.व. २०८१/०८२मा संस्थाले शेयर सदस्यहरुलाई ऋण लगानीमा ७.५६% वृद्धि गरेको छ। हाल संस्थाको भाखा नाघेको ऋण ३.५० प्रतिशत रहेको छ । भाखा नागेको ऋण असुलीका लागि ऋण असुली उपसमिति गठन गरी असुली गर्न प्रयत्न गरिरहेको छ ।
६) सदस्य हित र कल्याण:
सदस्यको हित र कल्याणका लागि सहानुभुती कोषको व्यवस्थापन‚ सदस्य शिक्षा‚ शैक्षिक सम्मान तथा प्रोत्साहन जस्ता सञ्चालन गर्दै आइरहेको छ ।
अध्यक्षको सन्देश ...
राजेन्द कुमार श्रेष्ठ
यस श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि., नेपाल राष्ट्रिय शिक्षक संगठन सिन्धुपाल्चोक द्वारा व्यवस्थित रहेको छ । नवौँ वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट हाम्रो काँधमा आएको जिम्मेवारीलाई सदस्यहरुको विश्वास, भरोसा एवं सदस्यहरुको सम्पत्तिको सुरक्षामा जवाफदेही भई व्यवस्थित, पारदर्शी, प्रविधिमैत्री र दीगो साकोस निर्माणकालागि सहकारी अभियानका राष्ट्रिय तथा अन्तराष्ट्रिय असल अभ्यासहरुलाई अनुसरण गर्दै अगाडि बढ्दै आएका छौं । २०७४ सालमा जारी भएको सहकारी ऐनले एक व्यक्ति एकै कार्यक्षेत्रमा एक मात्र विषयगत सहकारीमा सदस्य बन्नपाउने व्यवस्था अनुसार सबै सदस्यहरुको एकै संस्थाबाट सुरक्षित वित्तीय पहुँच विस्तारका लागि संस्थाले प्रयत्न गर्दै आईरहेको छ । सदस्यहरुको ऋण परिचालन क्षमतामा वृद्धिसंगै संस्थाको ऋणलगानी गर्ने क्षमता वृद्धिकोे चुनौतीलाई हामीले आत्मसाथ गर्दै कुनै पनि सदस्यले आफ्नो वित्तीय आवश्यक्ता पूरा गर्न अन्य बैंक वित्तीय संस्था वा सहकारी संस्थाहरु धाउनु नपरोस भन्ने कुरालाई यस योजना अवधीमा समेट्ने प्रयत्न गरिएको छ । यस योजनामा सदस्यहरुको आवश्यक्ता, रुची र क्षमताको आधारमा सेवा विकास गर्ने कुरालाई केन्द्रमा राखी त्यसका लागि संस्थाको पनि क्षमता अभिवृद्धि हुनु पर्ने हुनाले अघिल्ला वर्षको तुलनामा केही ठूला लक्ष्यहरु लिएका छौं । योजनामा सदस्यहरुको क्रियाशिलता वृद्धि, संचालक समितिको क्षमता अभिवृद्धि, व्यवस्थापन पक्षको सीप र दक्षता वृद्धिका लागि पर्याप्त ध्यान दिएका छौं ।
अनिल शर्मा
व्यवस्थापकको सन्देश ..
सहकारी सबैको साझा थलो हो । जसरी व्यवसायीका लागि ग्राहक महान हुन्छन् त्यसरी नै सहकारीका लागि सदस्य महान हुन्छन् । सबै सहकारी संस्थाले सदस्यलाई बीचमा राखेर आफ्ना गतिविधिहरु सञ्चालन गर्नुपर्दछ । हाल सहकारी क्षेत्रमा देखिएको उथलपुथलका कारण सम्पूर्ण विश्व सहकारीप्रति अविश्वासको छाता ओड्न बाध्य छ । खराब ऋणलाई कसरी असल र स्थायी बनाउन सकिन्छ भन्ने मात्र होइन कि थप ऋणलाई खराब हुन कसरी रोक्न सकिन्छ भन्ने कुरामा पनि सहकारीले ध्यान दिनुपर्दछ । सदस्यहरू बढाउन मात्र खोज्ने होइन कि भएका सदस्य निरन्तर भएका छन् वा छैनन् भन्ने कुरामा ध्यान दिन जरुरी छ । सहकारीले बचत र ऋणको मात्र काम गर्ने होइन कि समाज र सदस्यको आवश्यकतालाई मध्यनजर गर्दै सामाजिक क्रियाकलापमा पनि ध्यान दिन जरुरी छ । संस्थाले बनाएको नीति सदस्यहरूका लागि प्रभावकारी छ वा छैन, कतै अधिकतम सदस्यताको इच्छा विपरीत संस्थाको नीतिहरू तयार भई सोही नीतिबमोजिम काम भइरहेको त छैन ? सदस्यको इच्छा र आवश्यकता अनुसार सहकारी व्यवस्थित गर्न सकिएमा मात्र सहकारीमा दिगोपन ल्याउन सकिन्छ । हामी हाम्रो सहकारीमा निरन्तर फरक आधुनिक र प्राविधिक तरिकाले सञ्चालन गर्ने प्रयासमा छौँ । धर्मशास्त्रमा पूर्ण विश्वास राख्नेलाई प्रविधि प्रयोग गर्ने प्रक्रियामा सामान्य अवरोध आउनु स्वभाविक हो, सीमित पुँजीमा राम्रो, प्रभावकारी र सदस्यको हितमा आधारित सहकारी संस्था सञ्चालन गर्नु हाम्रो मुख्य लक्ष्य हो । सक्रिय सदस्य भएमा मात्र सक्रिय संस्था निर्माण हुन्छ । संस्था प्रभावकारी रूपमा सञ्चालन हुन सदस्य, सञ्चालक र कर्मचारीको त्रिपक्षीय गतिविधि राम्रो हुनुपर्दछ ।
हाम्रा पछिल्ला गतिबिधि

शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चाेकको ११ औं वार्षिक साधारण सभा संस्थाको आ. व. २०८१।०८२ काे विभिन्न प्रातिवेदनमाथी छलफल सहित पारित गर्दै शनिबार सुकुटेमा सम्पन्न भएको छ । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद सुवेदीको प्रमुख

संस्थाको एघारौँ वार्षिक साधारण सभा कार्त्तिक २२ गते
यस संस्थाको विनियम २०६८ को परिच्छेद ६ को दफा २९ (उपदफा १)को अधिकार प्रयोग गरि मिति २०८२ असोज १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार संस्थाको एघारौँ वार्षिक साधारण सभा २०८२ कार्त्तिक २२ गते सुकुटेमा हुने भएकाले उक्त सभामा यहाँको

सदस्यहरुको वित्तिय सेवाको विश्वासनियता
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. ‚ सिन्धुपाल्चाक तपाईहरुको असिम विश्वास, सहयोग र सुझावले सफलता यहाँसम्रम आइपुगेकाे छ । यहाहरुको यस विश्वास र आस्थालाई अविचलित हुन नदिई अविछिन्न रुपमा संस्थालाई अगाडि बढाई रहने हामी प्रण गर्दछौं । संस्थाले

शिक्षक कर्मचारीहरुकाे हितमा आधारित समृद्ध संस्था
शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. ‚ सिन्धुपाल्चाक तपाईहरुको असिम विश्वास, सहयोग र सुझावले सफलता यहाँसम्रम आइपुगेकाे छ । यहाहरुको यस विश्वास र आस्थालाई अविचलित हुन नदिई अविछिन्न रुपमा संस्थालाई अगाडि बढाई रहने हामी प्रण गर्दछौं । संस्थाले

शुभकामना आदान प्रदान कार्यक्रम
२०८२ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वकाे पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम। २०८२ सालको विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत तथा छठ पर्वकाे पावन अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम।। २०८२ सालको विजया दशमी, शुभ दिपावली,

भावी रणनीति तथा योजना सम्बन्धी छलफल
संस्थाको सञ्चालक समिति, उप–समितिहरु र नेपाल राष्ट्रिय शिक्षक संगठन सचिवालय र पालिका अध्यक्षहरु विच देशको वर्तमान अवस्थाले संस्था र संगठनका कार्यक्रमहरुमा पारेको असर र भावि मार्ग र योजनाका वारेमा छलफलका लागि बैठक सुरु ।