नेपाल राष्ट्रिय शिक्षक सङ्गठन (NNTA) जिल्ला समिति, सिन्धुपाल्चोक र श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि. (SHISCOL) को संयुक्त आयोजनामा बिहीबार एक भव्य समारोहका बीच “माध्यमिक शिक्षा परीक्षा (SEE), २०८२” मा जिल्ला र पालिकागत रूपमा उत्कृष्ट स्थान हासिल गर्न सफल विद्यार्थीहरूलाई शुक्रबार बधाई तथा सम्मान गरिएको छ।

ने.रा.शि.स. सिन्धुपाल्चोकका जिल्ला अध्यक्ष श्री कृष्णबहादुर श्रेष्ठ ज्यूको अध्यक्षतामा सम्पन्न उक्त गरिमामय कार्यक्रममा राष्ट्रिय समिति सचिवालय सदस्य एवं शिक्षक हित साकोसका अध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठ ज्यूको प्रमुख आतिथ्यता रहेको थियो। सिन्धुपाल्चोक जिल्लाको शैक्षिक साख बढाउन सफल विभिन्न पालिकाका सर्वोत्कृष्ट प्रतिभाहरूलाई उनीहरूले प्राप्त गरेको जीपीए (GPA) का आधारमा वर्गीकरण गरी सम्मान गरिएको थियो:

कार्यक्रममा विविन्न व्यक्तित्वहरूले सम्मानित विद्यार्थीहरूलाई शुभकामना दिँदै मान्तव्य राख्नु भएकाे थियाे भने शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाकाे व्यवस्थापक श्री अनिल शर्माले संस्थाकाे चालु आ.व. मा संस्थाकाे समग्र गतिविधि समेटिएकाे व्यवस्थापन प्रतिवेदन प्रस्तुत गर्नु भयाे ।
सम्मान प्राप्त गर्ने विद्यार्थीहरु
४.०० GPA सर्वोत्कृष्ट)
आयुषा नेपाल – मेलम्ची (प्रगति मा.वि.)
वैभव भारती – मेलम्ची (प्रगति मा.वि.)
रिनिसा थापा – मेलम्ची (मेलम्ची कम्युनिटी)
लिजन भट्टराई (३.९८) – मेलम्ची (इन्द्रेश्वरी मा.वि.)
अनिषा पराजुली (३.९६) – बलेफी (बाल शिक्षा मा.वि.)
काल्साङ टासी लामा (३.९६) – हेलम्बु (मेलम्ची घ्याङ)
रोज तामाङ (३.९०) – पाँचपोखरी (थाङ्पाल भ्याली)
ग्याल्मो लामा (३.८५) – चौतारा (कृष्ण रत्नगंगा मा.वि.)
सुवास भण्डारी (३.८५) – बाह्रबिसे (शारदा मा.वि.)
रयाना शाक्य (३.८३) – सुनकोशी (सेतीदेवी शारदा)
रासिभ थापा (३.७४) – जुगल (रामेश्वरी मा.वि.)
सदिक्षा वि.क. (३.६७) – लिसङ्खुपाखर (बुद्धोदय मा.वि.)
प्रिया जिरेल (३.५७) – त्रिपुरासुन्दरी (महेन्द्र प्रताप मा.वि.)
मनोज शाही (३.५५) – इन्द्रावती (ऐसेलुखर्क मा.वि.)
मिङ्मार तामाङ (३.४२) – भोटेकोशी (झिर्पु मा.वि.)
सार्वजनिक शिक्षाको सुदृढीकरण, दक्ष जनशक्तिको प्रोत्साहन र शिक्षक-कर्मचारीको हितका लागि यस्ता रचनात्मक कार्यक्रमहरूले समाजमा सकारात्मक ऊर्जा थप्ने विश्वासका साथ सम्मानित सबै विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई तथा आगामी सुखद शैक्षिक यात्राको उज्ज्वल शुभकामना व्यक्त गर्दछौँ।