हाम्रो बारे

शिक्षकहरुको आफ्नै वित्तीय संस्थाबाट बचत र ऋणको कारोवार गर्ने जिल्लामा कुनै पनि संस्था नभएको अवस्थालाई मध्यनजर गर्दै वित्तीय सेवा पु¥याउने उद्देश्यले नेपाल राष्ट्रिय शिक्षक संगठनमा आवद्ध शिक्षकहरुको सकृयतामा वि.संं २०६७ सालबाट यस शिक्षक हित साकोसको अनौपचारिक रुपमा कारोबार सुरु भएको थियो । यसलाई कानुनी रुपमा मान्यता दिन नयाँ नेपालको सङ्घीय संरचना अनुसार बाग्मती प्रदेशको सिन्धुपाल्चोक जिल्लामा अवस्थित यस श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लि.को स्थापना वि.सं. २०६९ सालमा डिभिजन सहकारी कार्यालय, धुलिखेल काभ्रेपलाञ्चोकमा १३० जना सदस्यहरुले दर्ता नं २०५२÷६९÷०७० हुने गरी दर्ता गरे पश्चात विधिवत स्थापना भएको हो । तत्कालिन नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष श्री राधाकृष्ण श्रेष्ठको नेतृत्वमा स्थापना कालमा थुप्रै समस्याहरुसंग पौंठेजोरी खेल्दै निरन्तर सदस्य सेवामा समर्पित भईरहेको यस संस्थालाई विकासको यो चरणमा ल्याईपु¥याउन दोश्रो कार्यकालका अध्यक्ष श्री कृष्णप्रसाद सुवेदीको नेतृत्वमा रहेको समितिको महत्वपूर्ण योगदान रहेको छ र तेस्रो कार्यकाल श्री राजेन्द्रकुमार श्रेष्ठको नेतृत्वमा अतुुलनीय योगदान रहदै हाल सञ्चालन भइरहेको छ ।

 
सिन्धुपाल्चोक जिल्लाका ३ वटा नगरपालिका र ९ वटा गाउँपालिका यस संस्थाको कार्यक्षेत्र रहेको छ । यस जिल्लामा नेपाल सरकारको स्वीकृतिमा संचालित २२ बाल विकास केन्द्र, ३४१ आधारभूत तह र १३८ माध्यमिक सामुदायिक विद्यालयहरु गरी जम्मा ४७९ विद्यालयहरु रहेका छन् । त्यसैगरी जिल्लामा आधारभूत विद्यालय २५ वटा र माध्यमिक विद्यालय १२ वटा गरी जम्मा ३७ वटा संस्थागत विद्यालयहरु रहेका छन् । साथै बहुप्रविधिक शिक्षालय १ वटा रहेको छ । यसरी सबै तहका गरी जिल्ला भित्र नेपाल सरकारको तलब भत्ता खाने बाल विकास तहका ३५१, प्रा.वि. तहका १२५१ दरवन्दी र राहत ४५४ गरी १७०५ , नि.मा.वि. तर्फ दरवन्दी १५१ र राहत २६८ गरी जम्मा ४१९, मा.वि. तर्फ १४१ दरवन्दी र राहत २०१ गरी जम्मा ३४२ र उ.मा.वि. तर्फ ३६ दरवन्दी र अनुदान ७३ गरी जम्मा १०९ गरी कुल जम्मा २९२६ शिक्षकहरु कार्यरत छन् । त्यस्तै जिल्ला भित्र सामुदायिक र संस्थागत विद्यालयमा निजी श्रोतमा सबै तहका गरी करिब १२०० शिक्षकहरु कार्यरत रहेका छन् । ती सबै शिक्षकहरुको साझा बचत तथा ऋणको कारोवार गर्ने वित्तीय संस्थाको रुपमा स्थापित यस श्री शिक्षक हित वचत तथा ऋण सहकारी संस्था लि. ले हाल जिल्ला भित्रका २५० महिला शिक्षक र ४०८ जना पुरुष शिक्षक गरी जम्मा ६५८ शिक्षकहरुलाई वित्तीय सेवा दिदै आईरहेको छ ।

सञ्‍चालक समिति

राजेन्द्र कुमार श्रेष्ठ

अध्यक्ष

निर्मला धिताल

उपाध्यक्ष

विदुरप्रसाद नेपाल

सचिब

शङ्करप्रसाद चापागाई

काेषााध्यक्ष

अपसरा खड्का

स–सचिब

प्रदिप लामा

सदस्य

देवकी पराजुली

सदस्य

हिरा नेपाल

सदस्य

नवराज तिवारी

सदस्य

मणिराम चौलागाई

सदस्य

बद्रिनाथ अधिकारी

सदस्य

राजेन्द्र वि.क.

सदस्य

भरत सिलवाल

सदस्य

विष्णुदेवी पराजुली

सदस्य

श्री ............

सदस्य

लेखा सुपरिवेक्षण समिति

अजिता थापा

संयाेजक

मिङ्‍मार ग्याल्वो दोङ

सदस्य

निर्मला नेपाल

सदस्य

ऋण उप समिति

विदुर प्नसाद नेपाल

संयाेजक

राम बहादुर थापा

सदस्य

राधिका थापा

सदस्य

कर्मचारी विवरण

अनिल शर्मा

व्यवस्थापक

सीता श्रेष्ठ

स–व्यवस्थापक

हाम्राे कार्यक्षेत्र

Scroll to Top