
२०८३ साल भाद्र १० गते गएको अकल्पनीय विनाशकारी बाढीका कारण ज्यान गुमाउनु हुने सम्पूर्ण नेपाली नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौं। साथै उक्त प्राकृतिक प्रकोपबाट धन तथा जन गुमाउनु भएका व्यक्तिहरूप्रति हार्दिक समवेदना व्यक्त गर्दछौँ। बेपत्ता नागरिकहरूको खोज तथा उद्धारमा सरकारले अझै सक्रियता का साथ लागि परोस् भन्ने कामना गर्दै सम्बन्धित क्षेत्र आसपास थप हुनसक्ने क्षतिबाट सुरक्षित र सतर्क रहन यस संस्थाको तर्फबाट हार्दिक अनुरोध गर्दछौँ ।