जिल्ला प्रशासन कार्यालय, सिन्धुपाल्चाेक मार्फत शिक्षक हितद्वारा वाढी पिडित लाइ सहयाेग रकम हस्तान्तरण ।

मिति २०८३ भाद्र १० गते बिहान चीनबाट भोटेकोशी नदीमा आएको अकल्पनीय विनाशकारी बाढीका कारण देशका विभिन्न जिल्लाहरूमा ठूलो मात्रामा जनधनको क्षति भएकोमा सम्पूर्ण देश नै शोकाकुल भएको अवस्था छ । विपत्तिमा परी घाइते हुनुभएका सम्पूर्ण नागरिकहरूको शीघ्र स्वास्थ्यलाभको कामना साथै विस्थापित परिवारहरूको यथाशीघ्र राहत तथा आवासकालागि सम्बन्धित निकायसँग अनुरोध गर्दछौँ । यस्तो विषम परिस्थितिमा पीडितहरूको उद्धार, राहत र पुनःस्थापना कार्यमा सहयोग पु¥याउनु हरेक नेपाली नागरिक एवं संघ संस्थाहरूको कर्तव्य हो भन्ने कुराको महसुस गर्नुका साथै नेपाल सरकारले राहत र उद्धारकालागि जारी गरेका सहयोगको अपिल समेतलाई आत्मसाथ गर्दै संस्थाले यस दुःखद घडीमा (कर्मचारी र संस्थाको संयुक्त योगदानबाट) रु. १७,८३०।– (अक्षेरुपि सत्र हजार आठ सय तिस रुपैयाँ मात्र) जिल्ला प्रशासन कार्यलय सिन्धुपाल्चोक मार्फत प्रधानमन्त्री दैवी उद्धार कोषमा सहयोग गरेको व्यहोरा सम्पूर्ण शेयर सदस्य महानुभावहरूमा जानकारी गराउँदछौँ ।

हामीले गरेको सानो योगदानले पनि पीडित परिवारमा मलहम पट्टी लगाउन सहयोग पुग्ने विश्वास लिएका छौँ र यो दुःखद क्षणमा सम्पूर्ण नेपाली दाजुभाई दिदी बहिनीहरूमा एकता प्रदर्शन गरी हातेमालो गर्दै एक्कालागी सबै, सबैकालागी एक भन्ने सहकारी सिद्धान्त अनुसारको भाव प्रकट गर्दै थोरै थोरै सहयोगले पनि ठूलो काम गर्न सक्ने भएकाले सहयोगको महान अभियानमा सरीक भई सामथ्र्य अनुसारको सहयोगकोलागी समेत अनुरोध गर्दछौँ । बाढीमा परी दिवङ्गत हुन भएका सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै बेपत्ताहरूको सकुशल उद्धार र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top