संस्थाका विनियम २०६८ को परिच्छेद ६ को दफा २९ (उपदफा १) को अधिकार प्रयोग गरी
मिति २०८३ भदौ ०६ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयानुसार देहाय बमोजिमको प्रस्ताव उपर छलफल गरी निर्णय लिनका लागि संस्थाको बाह्रौँ वार्षिक साधारण सभा निम्न मिति, समय र स्थानमा हुने भएकाले उक्त सभामा यहाँहरूको गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौँ।

छलफलका विषयहरू :
१. साधारण सभाको वैधानिकता सम्बन्धमा।
२. बाह्रौँ वार्षिक साधारणसभाका निर्णयहरू निर्णयपुस्तिकामा प्रमाणित गर्ने प्रतिनिधि चयन सम्बन्धमा।
३. आ.व. ०८२/८३ को वार्षिक प्रतिवेदन सम्बन्धमा।
४. आ.व. ०८२/८३ को आर्थिक तथा कोषाध्यक्षको प्रतिवेदन तथा आ.व. ०८३/८४ को वार्षिक कार्यक्रम तथा अनुमानित बजेट सम्बन्धमा।
५. आ.व. ०८२/८३ को लेखा तथा सुपरिवेक्षण समितिको वार्षिक प्रतिवेदन सम्बन्धमा।
६. आ.व. ०८२/८३ को लेखापरीक्षण प्रतिवेदन अनुमोदन सम्बन्धमा।
७. आ.व. ०८३/८४ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण सम्बन्धमा।
८. समिति, उपसमिति तथा व्यवस्थापन प्रमुखको सेवा सुविधा निर्धारण गर्ने सम्बन्धमा।
९. शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ता कोषको रकम वितरण सम्बन्धमा।
१०. विनियम संशोधन सम्बन्धमा।
११. विविध।

कार्यक्रम तालिका
मिति: २०८३ असोज १७, शनिवार
समय: बिहान १० बजे
स्थान: मेलम्ची, सिन्धुपाल्चोक