विस्तारित मञ्च कार्यक्रम

संस्थाको आ.व. २०८२/८३को वार्षिक कार्ययोजना तथा बजेट र संस्थाको महत्वपुर्ण नीति एवं कार्यविधिमा आधारित विस्तारित मञ्च कार्यक्रम संस्थाका अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठ ज्यूको अध्यक्षता एवं संस्थाका पुर्व अध्यक्ष तथा बागमती प्रदेश सहकारी संघका सञ्चालक श्री कृष्ण प्रसाद सुवेदी ज्यूको प्रमुख आथित्यतामा चौतारा बहुमुखि क्याम्पस चौतारामा सफलता पुर्वक सम्पन्न भएको छ । कार्यक्रमको पहिलो सेसनमा संस्थाका व्यवस्थापक श्री अनिल शर्माले संस्थाको वार्षिक कार्ययोजना तथा बजेट प्रस्तुत गरि सभाबाट सुझाव संकलन र सम्बोधन गरिएको थियो भने दोश्रो सेसन प्यानल डिस्कसन रहेको थियो जाहाँ संस्थाको तर्फबाट राजेन्द्रकुमार श्रेष्ठ, नेपाल राष्ट्रिय शिक्षक संगठनको तर्फबाट जिल्ला अध्यक्ष श्री कृष्ण बहादुर श्रेष्ठ र सहकारी विशेषज्ञको तर्फबाट पुर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी संघका सञ्चालक श्री कृष्ण प्रसाद सुवेदी गरी तिन जना प्यानलिस्ट विचमा संस्थाका महत्वपुर्ण विषयबस्तुमा छलफल भएको थियो । कार्यक्रम सञ्चालन पहिलो सेसन सचिव विदुर प्रसाद नेपाल र दोश्रो सेसनमा व्यवस्थापक अनिल शर्माले गर्नु भएको थियो साथै सुझाव संकलनको भुमिकामा स.सचिव अप्सरा खड्का र कोषध्यक्ष शंकर चापागाई रहनु भएको थियो । उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष श्री निर्मला धितालले राख्नु भएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top