
श्री शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड चौतारा सिन्धुपाल्चोकले आर्थिक वर्ष २०८२-८३ को वार्षिक समीक्षा र ०८३।८४ को वार्षिक योजना लक्ष्य एवं बजेटमा आधारित विस्तारित मञ्च कार्यक्रम नयाँ ढाँचामा सृजना गरी पृथकताका साथ सञ्चालन गरेको छ। कार्यक्रमलाई तीनवटा सेसनमा विभाजन गरिएको थियो सिंगो कार्यक्रमको अध्यक्षता सञ्चालक समितिको अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठले र प्रमुख अतिथिमा संस्थाका पूर्व अध्यक्ष एवं बागमती प्रदेश सहकारी सङ्घ लि का सञ्चालक श्री कृष्णप्रसाद सुवेदी हुनुहुन्थ्यो उक्त कार्यक्रमको पहिलो सेसन श्रावण २०८३ को मासिक व्यवस्थापन प्रतिवेदन प्रस्तुत गरिएको थियो । जुन सेसनको अध्यक्षता नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष श्री कृष्णबहादुर श्रेष्ठ ज्यूले गर्नुभएको थियो भने उक्त कार्यक्रममा टिप्पणीकर्ताको भूमिका संस्थाका उपाध्यक्ष निर्मला धिताल ज्यूले गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुत संस्थाका सहायक व्यवस्थापक श्री सीता श्रेष्ठज्यूले गर्नुभएको थियो।

कार्यक्रमको दोस्रो सेसनमा संस्थाका अध्यक्ष श्री राजेन्द्रकुमार श्रेष्ठ ज्यूले गत आर्थिक वर्षमा राखिएको लक्ष्य र योजना मुताबिकको संस्थाको प्राप्ति र सफलताको वार्षिक समीक्षाको प्रस्तुतिकरण गर्नुभएको थियो उक्त सेसनमा शिक्षक महासंघ जिल्ला समितिका उपाध्यक्ष श्री नमराज नेपाल ज्यूले अध्यक्षता ग्रहण गर्नुभएको थियो भने टिप्पणीकर्ताको भूमिकामा नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति सचिव श्री लेखनाथ भट्टराई र संस्थाका कोषाध्यक्ष श्री शंकर चापागाईंज्यूले गर्नुभएको थियो। कार्यक्रमको तेस्रो सेसनमा आर्थिक वर्ष २०८३।८४ को वार्षिक योजना, लक्ष्य एवं अनुमानित बजेटको प्रस्तुतिकरण भएको थियो

जसको प्रस्तुत संस्थाका व्यवस्थापक श्री अनिल शर्माज्यूले गर्नुभएको थियो भने उक्त कार्यक्रमको अध्यक्षता संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक श्री अजिता थापाज्यूले गर्नुभएको थियो। तेस्रो सेसनको टिप्पणीकर्ताको भूमिकामा कार्यक्रमको प्रमुख अतिथि श्री कृष्णप्रसाद सुवेदी ज्यू र संस्थाको युवा उपसमिति सदस्य श्री श्याम कृष्ण नेपाल ज्यू हुनुहुन्थ्यो। कार्यक्रमको सञ्चालन संस्थाका सहसचिव श्री अप्सरा खड्का ज्यूले गर्नुभएको थियो । सदा झैं भन्दा केही फरक र पृथक तरिकाबाट कार्यक्रमको संरचना तयार पार्दा विषयवस्तुमा केन्द्रित हुने र टिप्पणी/ सुझाव अत्याधिक मात्रामा सङ्कलन भई आगामी मार्गचित्र र योजना बनाउनका लागि सहज र सजिलो हुने कुरा संस्थाको यस विस्तारित मञ्च को कार्यक्रम संरचनाले देखाएको छ।