शिक्षक हित साकोसको ११ औं वार्षिक साधारण सभा सम्पन्न

शिक्षक हित बचत तथा ऋण सहकारी संस्था सिन्धुपाल्चाेकको ११ औं वार्षिक साधारण सभा संस्थाको आ‍. व. २०८१।०८२ काे विभिन्न प्रातिवेदनमाथी छलफल सहित पारित गर्दै शनिबार सुकुटेमा सम्पन्न भएको छ । संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार समितिका संयोजक कृष्णप्रसाद सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संस्थाका सचिब विदुर प्रसाद नेपालले वार्षिक प्रगति प्रतिवेदन‚ कोषाध्यक्ष शङ्‍कर प्रसाद चापागाईले अर्थिक र लेखा सुपरीवेक्षण समिति संयोजक अजिता थापाले सुपरीवेक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

सस्थाका अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठको अध्यक्षतामा भएको साधारण सभामा आ. व. २०८२।०८३ को कार्ययोजना प्रस्तुत गर्नुका साथै संस्थाको वेवसाइट पनि सार्वजनिक गरिएको छ । नीति‚ बिधि र प्रविधिमा आधारित रही व्यवस्थित रुपमा सञ्चालन भइरहेकाे शिक्षकहरुको संलग्नतामा सञ्चालित जिल्लास्तरीय सहकारी संस्थामा कूल ६६४ जना शेयर सदस्यहरु रहेका छन् ।

कार्यक्रममा स‍ंस्थाका पूर्व अध्यक्ष राधाकृष्ण श्रेष्ठ‚ नेपाल राष्ट्रिय शिक्षक सङ्‍गठन राष्ट्रिय समिति सदस्य मैया पाैडेल‚ सङ्गठनका जिल्ला अध्यक्ष कृष्णबहादुर श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top